jalchha-mutu२६ माघ, विराटनगर रोशन पोखरेल। नेपाली गीत संगीतको बजारमा फेरी अर्को एउटा मन छुने गीत बजारमा लिएर आएका छन गायक पुष्कल शर्मा।
प्रयसी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको एस पि एम धिरज राईको दोश्रो एल्वम ” जल्छ मुटु पोल्छ छाति” साथमा नेपाली संगितिक आकाशमा उक्त गीत बजारमा आएको हो। माया प्रेम र विछोडका गितलाई यस गितमा विछोड पछिको यादहरुलाई भुल्न नसकिने यादका कथाहरुलाई वियोगान्त भावका साथमा प्रस्तुत गरिएको छ ।
यस गीतमा शब्द मानबहादुर मगरले भरेका छन भने मानबहादुरको गितका शब्दमा अहिलेलाई ज्यादै चर्चित गायक तथा शब्द सर्जक पुष्कल शर्मा र गायिका मुना थापा मगरले स्वर भरेकी छिन । ” जल्छ मुटु पोल्छ छाति”मा संगित सयोजन भने एस पी एम धिरज राई ले गरेका छन ।
वियोगान्त भावनालाई आफनै कला र बास्तविकता मानेर सुन्दर रुपमा निर्देशक काजिस श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाई ले कलात्मक रुपमा छायाँकल गर्न सफल भएका छन । उक्त गितमा सम्पादन अविनेस डिसि र ” जल्छ मुटु पोल्छ छाति” गितमा गायक स्यम , रंजिता गुरुङ्ग, उत्तम कार्किको अभिनय रहेको छ । रंजितालाई माया धोका दिए पछि पुस्कल प्रहरीबाट पक्राउ भएको दृश्य गितमा देखाइएको छ ।

तपाईको प्रतिक्रिया