काठमाडौं, २७ माघ । प्यूठान, खुङ ९ सुन्दरमेलाका चेतमान थापा १५ वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् । छोरा हराएको भन्दै बाआमाले पनि माया मारिसकेका थिए ।

मंगलबार अकास्मात फेसबुकमार्फत छोरा सम्पर्कमा आएपछि थापा परिवारमा खुसीको सीमै छैन । परिवारका सबै सदस्य घरमा भेला भएर खुसियाली साटासाट गरे ।

चेतमानका भाइ एलबी थापासँग फेसबुकमार्फत सम्पर्क भभएको हो । त्यसपछि दुई भाईले फोनमा कुरा गरेका थिए । ‘लामो समयदेखि बेपत्ता रहेका दाइसँग कुरा भयो । नेपाली भाष र लवज नै भुलिसकेछन्,’ एलबीले भने, ‘बुधबार बिहान आमासँग पनि कुरा गराएँ ।’

१५ वर्षपछि छोरा भेटिएकोमा निकै खुसी लागेको आमा यमकुमारीले बताइन् । ‘१० कक्षामा पढ्दापढ्दै छिमेकीसँग कामका लागि भारत गएको थियो,’ उनले भनिन्, ‘गाडी चलाउने काम गर्छ भन्ने मात्र सुनेकी थिएँ । सम्पर्क नहुँदा जिउँदै होला कि भन्ने आशा मारेका थियौं ।’आजको कान्तिपुरमा खबर छ।

तपाईको प्रतिक्रिया