kp-oli-430x316काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफ्नै प्रतिनिधिबाट संविधान जारी गर्दा नाकाबन्दीको सामना गर्नु निकै दुःखपुर्ण  रहेको बताएका छन् । देशबासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा छिमेकीले अर्को छिमेकमा लोकतान्त्रिक संविधान बनाउँदा यस्तो नाकाबन्दी गर्नु निकै खेदपुर्ण रहेको बताए ।

ओलीले विभिन्न बाहनामा नेपाल भारत सीमानामा आयात निर्यात बन्द गरिंदा नेपालमा चरम मानविय संकट पैदा भएको बताए । उनले भारततर्फ रोकीएका औषधि नेपाल नआउँदा नेपालमा आम मानविय संकट आउन लागेको बताए ।

भूकम्पपछिको पुनः निर्माणमा लाग्ने बेलामा आइपरेको यस्तो संकटले देश नै तहस नहस भएको बताए । ओलीले युद्धका बेला समेत नहुने संकट भारतले नेपालमाथि दिएको बताए ।

उनले भारतले गरेको सबै काम अमानविय भएको बताए । उनले स्वतन्त्र राष्ट्रको सम्मान गर्न भारतले नचाहेको बताए । राष्ट्रसंघको बडापत्र, सार्कको अवधारण र भारत नेपालबीच भएको पारबहन सन्धी र भारत र नेपाली जनताको पुरातन सम्झौता विपरित भारत लागेको बताए ।

उनले भारतीय आयल निगमले अग्रिम भुक्तानी रोकेर व्यापार विरोधी काम गरेको बताए । उनले नेपाल र भारतबीचको सम्बन्ध विगार्न भारत नै लागिपरेको बताए । उनले दुई देशको समझदारीबाट समस्या समाधान हुने बताए । उनले आम नेपालीको समस्यालाई लिएर विदेशीहरुले अनावश्यक चासो देखाउन नहुने बताए ।

प्रधानमन्त्री ओलीले नेपालका किसान, मजदुर, विद्यार्थी लगायत आम जनसमुदाय प्रभावित भएको बताए । उनले जुन समुदायकालागि आन्दोलन भएको हो, त्यही समुदायका जनता सबैभन्दा मारमा परेको बताए ।

प्रधानमन्त्री ओलीले बुद्ध जन्मेको देश नेपालले विश्वभर शान्तिको सन्देश फैलाइरहेका बेला आइपरेको अहिलेको संकट आम नेपाली मीलेर पार लाग्ने बताए ।

प्रधानमन्त्री ओलीले नियतीलाई स्वाधिनतामा बदल्दै अघि बढ्नुपर्ने बताए । उनले चरम अभावका कारण एक देशसँग सिमित नाकाहरुमा भर पर्दा आजको अवस्था आएकाले अब आँखा खुलेको बताए ।

उनले चीनसँगको आयात बढाउनकालागि नाकाहरुमा जाने बाटो राम्रो बनाउने बताए । उनले भुपरिवेष्ठित मुलुकले पाउने हक, समुद्रसम्म पुग्ने बाटो नछेक्न भारतलाई आग्रह समेत गरे । उनले नविकरणीय उर्जामा आत्मनिर्भर बन्नकालागि आफुहरु लागिपरेको बताए ।

भूकम्प पीडित नेपालीहरु मारमा परेकाले उनीहरुकालागि सुरक्षीत र व्यवस्थीत आवास निर्माणमा लाग्ने सरकारको योजना नाकाबन्दीले असर पारेको बताए ।

तराई मधेसको समस्या आम नेपालीको साझा विषय भएको भन्दै सरकारले तराईको समस्या समाधान गर्ने बताए । प्रधानमन्त्री ओलीले तराई मधेसका जनताको देशभक्तीले आफु भावपुर्ण भएको बताउँदै आन्दोलनरत पक्षलाई विशेष ध्यान दिन आग्रह गरे ।

ओलीले आम नेपालीको अधिकारकालागि सर्बोत्कृष्ट संविधान जारी गरिएको दाबी समेत गरेका छन् । सोमबार देशबासीका नाममा विशेष सम्बोधन गर्दै आदिवासी, जनजाती, मधेसी, मुस्लीम लगायत सबै वर्ग र समुदायको हितमा संविधान जारी गरिएको बताए ।

प्रधानमन्त्री ओलीले संविधान परिवर्तनशील भएकाले जनताको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले मधेसी मोर्चाको माग अनुसार संघीयताको सीमांकन परिवर्तन गर्नकालागि सरकार तयार रहेको बताए । उनले संविधान जारी गर्न मुख्य भुमिका खेल्ने दलहरुका बीचमा एकता आवश्यकता रहेको बताए ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया