duhabi basant mahotsav marwadi

२७ माघ, दुहवी/ सुनसरीको दुहवीमा श्री श्याम वसन्त महोत्सवको आयोजना गरिने भएको छ ।श्याम परिवार दुहवी सुनसरीले आज साझँबाट महोत्सवको आयोजना गर्दै छ । दुहवीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो । श्याम परिवार दुहवीका अध्यक्ष नन्दलाल अग्रवालका अनुसार वेलुकीबाट सुरु हुने महोत्सव राती अबेर सम्म चल्ने छ ।

पूर्वका विभिन्न स्थानमा बसोबास गर्ने मारवाडी समूदायका १ हजार बढीको सहभागिता रहने कार्यक्रम संयोजक सुभाष अग्रवालले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।कार्यक्रममा पञ्जाब भारतका प्रसिद्ध भजन गायक मयंक अग्रवाल र काठमाडौंका कैलाश नौलखाको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया