wjj mahila patrakar antarkriya१ फागुन, इटहरी। क्रियासिल महिला पत्रकारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुनसरी जिल्लाका सक्रिय महिला पत्रकारहरुकोे भेला इटहरीमा सम्पन्न भएको छ । महिला पत्रकारहरुलाई पनि  पेशागत सङ्घ संस्थाको जिम्मेवार स्थानमा स्थापित गराउन सामुहिक प्रयत्न गर्ने ठोस निष्कर्ष निकालेको छ ।विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत महिलाहरुको दक्षता अभिबृद्धिसँगै महिलाहरुले पनि सञ्चार क्षेत्रबाटै जीवन अघि बढाउन सकिन्छ भन्ने ज्ञान सिप र दक्षता बढाउनु पर्ने कार्यमा सक्रियता देखाउनु पर्ने कुरामा पनि भेलाले निचोड निकालेको छ ।

भेलामा अग्रज सञ्चारकर्मी याम प्रधान र सालिग्राम पाण्डेले पत्रकारिता क्षेत्र चुनौतिपूर्ण रहे पनि यसबाट मानिसले आफुलाई समाज परिवर्तन जस्तो गहन कार्य सम्पादनमा योगदान पु¥याउन सक्ने भएकाले महिला सञ्चारकर्मीहरुले आफुलाई शसक्त बनाउने कार्यमा अग्रसर बन्नु पर्ने कुरामा जोड दिएको छ ।

क्रियासिल महिला पत्रकारकी सीता मादेम्वाको अध्यक्षतामा भएको कार्यक्रममा  अतिथीहरु  गङ्गा बराल लगायतले महिलाहरुले पनि अहिलेको अवस्थामा आफुलाई खारेर सञ्चार क्षेत्रमा निर्भिक निस्वार्थ र सामाजिक दायित्व वोध गरेर जान सके सफल बन्न सकिने हौसला दिएका थिए ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष केशव घिमिरेले भेलाको उद्घाटन गरेका थिए । भेलामा पेशागत मर्यादा र दक्षताका विषयमा ब्यापक रुपमा छलफल र अन्तरक्रिया समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया