Arena-Award१ फागुन, इटहरी । इटहरी स्थित एरिना टेलिभिजनले काठमाडौ बाहिर पहिलो पटक आयोजना गर्न लागेको रमपम एरिना म्युजिक भिडियो अवार्डको मनोनय पत्र इटहरीमा पनि बितरण गरिएको छ । काठमाडौमा केही दिन अघि एक कार्यक्रमको आयोजना गरी मनोनय पत्र बितरण गरिएको थियो ।

१५ बिधामा ७५ जना अन्तिम मनोनयनमा परेका व्यक्तिहरुलाई पत्र बितरण गरिएको हो । एरिना टेलिभिजनको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा टेलिभिजनको प्रबन्धक निर्देशक समिर कार्कीले मनोनयन पत्र कलाकारहरुलाई बितरण गरिएको थिए ।उत्कृष्ट पूर्वेली लोक गित, राष्ट्रिय गित, उत्कृष्ट सम्पादन लगायतका बिधामा पूर्व क्षेत्रबाट प्रतिनिधित्व गर्ने कलाकारहरुलाई अन्तिम मनोनय पत्र बितरण गरिएको थियो ।

यस्तै म्युजिक भिडियो अवार्डको तयारी अन्तिम चरणमा पुगेको टेलिभिजनले जनाएको छ । यही फागुन ६ गते इटहरी स्थित ओसियन पार्कमा अवार्ड बितरण गरिने कार्यक्रम छ । कार्यक्रमलाई भव्य अनि सव्य बनाउन राष्ट्रिय स्तरका १५ बढी कलाकारहरुको खान बस्ने सुबिधाको प्रबन्ध मिलाई सकेको टेलिभिजनका प्रबन्धक निर्देशक समिर कार्कीले बताए । कलाकारहरुको स्वागतमा इटहरी र बिराटनगरका चौकहरुमा स्वागत व्यानर सजाइएको छ । अवार्ड सम्पन्न गर्न करिब २५ लाख खर्च हुने कार्कीले बताए ।

 

तपाईको प्रतिक्रिया