baby 4 leg extra kid bachcha

एजेन्सी । हालै भारतमा जन्मिएको चारवटा खुट्टा र दुई वटा यौनांग भएको बच्चाको शल्यक्रिया सफल भएको छ । कर्नाटकको विजयनगर इन्सिच्युट अफ मेडिकल साइन्सका डाक्टर विरुपक्षा नेतृत्वको शल्यचिकित्सकहरुले टोलीले एक जटिल शल्यक्रिया मार्फत बच्चाका दुई अतिरिक्त खुट्टा र एउटा अतिरिक्त लिंग हटाइदिएपछि बच्चाले नयाँ जीवन पाएको भारतीय मिडियाले जनाएको छ । शल्यक्रिया सफल भएसँगै बच्चाकी आमा ललितम्मा र पिता चेन्नबस्वा अहिले निकै खुशी भएका छन् ।

 

तपाईको प्रतिक्रिया