काठमाडौं, २ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ३वर्षका लागि नयाँ नेतृत्व चयन गर्नका लागि हुने साधारणसभा अब ५६ दिनमात्र बाँकी रहेको छ । ०७३ चैत २८ गतेबाट सुरु हुने महासंघको साधारणसभाको एक मात्र एजेण्डा आगामी तीन वर्षकालागि नेतृत्व चयन हुनेछ । महासंघको संशोधित विधान ०७३ बमोजिम निर्वाचन भएमा र यो बीचमा कुनै कानूनी व्यवधान आइ परेन भने यस पटक साधारणसभाले वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणालार्य स्वत अध्यक्षमा चयन गर्ने छ ।

भवानी राणलार्य स्त अध्यक्ष बनाउने र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालार्य जिताउने पशुपति मुराका एण्ड कम्पनीको अभियान सफल भयो भने महासंघका महारथी मानिएका पूर्व अध्यक्षहरुबीचको द्वन्द्व अरु बढेर जाने आंकलन गर्न थालिएको छ ।

निजी क्षेत्रको एकमात्र साझा छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट एउटा सम्प्रदाय (नेवार)लाई अलग गराउने षड्यन्त्रको थालनी संशोधित विधान २०७३ ले गरेको महासंघका एकजना पूर्व अध्यक्षले अफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए ।

संशोधित विधान ०७३ अनुसार, अब उप्रान्त वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको मात्र खुल्ला प्रतिस्पर्धाका आधारमा निर्वाचन हुने छ । संशोधित विधान ०७३ अनुसार, यस पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्तिले वि.सं. ०७७ बाट ३ वर्षकालागि स्वतः अध्यक्ष बन्ने मौका पाउनेछ ।

नेपाल उद्योग वाणिज्य संघले नेपालको प्रचलित ऐन र विद्यमान संविधान विपरीत योग्यता पुगेको व्यक्तिले खुल्ला रुपमा प्रतिस्पर्धा गर्न पाउने हकलार्य प्रतिबन्ध लगाउँदै विना प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने पंचायतकालिन गाउँफर्के प्रणाली स्थापित गरेकोमा चौतर्फी रुपमा विरोध हुँदै आएको छ ।

यही गाउँफर्के प्रणालीका जन्मदाताहरु महासंघका अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्षहरु चण्डीराज ढकालहरु नेवार बाहुल्यको आरोप खेप्दै आएको महासंघलाई रैथाने नेवारहरुको कब्जाबाट मुक्त बनाउने अभियान अन्तर्गत पशुपति मुरारका र चण्डीराज ढकाल समर्थित सम्भवतः भवानी राणा अध्यक्ष र त्यसपछिको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई अगाडी बढाउने उद्घोष ०७३ माघ २८ गते भएको नवलपरासी जिल्ला उद्योग वाणिज्य संघको साधारणसभाबाट भएको छ ।

आफ्ना ज्वाईं कुशकुमार जोशीलाई समेत साथ दिन छाडेर चण्डीराज ढकाललाई जिन्दगीभर महासंघको राजनीतिमा साथ दिँदै आएका किशोर प्रधानलाई लत्याएर उनी विरुद्ध चण्डी ढकालले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई अगाडि सारेपछि महासंघभित्रको चण्डीगुटमा भाँडभैलो सुरु भएको छ । यसबारेमा किशोरले चण्डीसँग स्पष्टीकरण माग्दा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको घोषण आफूलाई थाहा नभएको प्रतिक्रिया दिएर किशोरलाई थामथुम पार्ने प्रयास गरेको बताइन्छ ।साँघु साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया