ck raut karyakarta lathi charge5

२ फागुन, अमर पासमान सिरहा । सिरहामा प्रहरीले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरूमाथि लाठी चार्ज गर्दा महिला सहित १७ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । गठबन्धनका सॅयोजक डा सीके राउतलाई अदालत लग्ने क्रममा प्रहरी र राउतका समर्थकबीच झडप भएको थियो ।

अदालत अगाडि राउतका समर्थकहरू सहभागी थिए । प्रदर्शनमा उत्रेका कार्यकर्ताहरू माथी प्रहरीले केही समयमा नियन्त्रण लिएकाे थियाे। अान्दाेलनकारीहरूले पूरूष प्रहरीले महिलाहरुलाई गालिगलौज र हातपात गरेको अाराेप लगाएका छन्र । गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार सात जना कार्यकर्ता पक्राउसमेत परेका छन् । पक्राउपर्नेहरूमा सुरेन्द्र मधेशी, चन्देश्वर मण्डल, दिपेन्द्र यादब र प्रेम ठाकुर लगायतका  छन् । खानका अनुसार घाइतेहरूको उपचार सिरहा अस्पतालमा हुॅदैछ । उता अदालतले डा राउतलाई पुनः दश दिन हिरासतमा राख्न आदेश दिएकाे छ ।

ck raut karyakarta lathi charge11 ck raut karyakarta lathi charge10 ck raut karyakarta lathi charge9 ck raut karyakarta lathi charge8 ck raut karyakarta lathi charge7 ck raut karyakarta lathi charge2 ck raut karyakarta lathi charge3 ck raut karyakarta lathi charge4 ck raut karyakarta lathi charge6 ck raut karyakarta lathi charge1 ck raut karyakarta lathi charge

तपाईको प्रतिक्रिया