trafic truck bebsai inaruwa
इनरुवा फागुन २/ट्याक्टर व्यवसायीहरुले ट्राफिक प्रहरीले आफुहरुलाई दुःख दिने गरेको गुनासो पोखेका छन् । सुनसरीको इनरुवामा आयोजित ट्राफिक जनचेतना तथा छलफलमा सहभागि व्यवसायीहरुले आफुहरु ट्राफिक प्रहरीबाट सदैव प्रताडित हुँदै आएको गुनासो पोखेका हुन् ।

सुनसरी ट्याक्टर व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा सहभागि भएका ट्याक्टर व्यवसायीहरुले पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक संजिब शर्मा उपर आक्रोस पोखेका हुन् । ट्राफिकको रवैयाले कमाई धन्दा चौपट हुने स्थिती सीर्जना भएको भन्ने व्यवसायीहरुको भनाई प्रति डिएसपी शर्माले प्रतिवाद गर्नुभएको थियो ।

सुधार आफैंबाट थाल्न आवश्यक रहेको औल्याउँदै गल्ती जति ट्राफिकलाई थोपर्नु गलत हुने डिएसपी शर्माको भनाई थियो । ट्याक्टर व्यवसायीहरु अझैपनि कानुन उल्लंघन गरी अघि बढ्ने गरेको पाइएकाले सम्भावित दुर्घटना न्यूनिकरणकालागि नियमको परिधिमा ल्याउन कार्वाहीको विकल्प नहुने डिएसपी शर्माले बताउनुभयो । कार्यक्रममा ट्याक्टर व्यवसायी संघ इनरुवाका अध्यक्ष पहलबहादुर कटवाल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष पंचदेव मेहता लगायतकाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया