parsal dak hulakकाठमाडौं, ३ फागुन । गत वर्षको भारतीय नाकाबन्दीपछि सीमापारि रक्सौलमा थन्किएको चार ट्रयाक्टर ‘डाँक’ वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको छ । यसमा ४ सय ५७ पोका रहेको पर्सा हुलाक कार्यालयले जनाएको छ ।

‘धेरैजसो कागजात र पार्सल विदेशबाट आएका छन् । हामीले चारपटक ट्रयाक्टर पठाएर वीरगन्ज मगायौं,’ कार्यालयका निमित्त प्रमुख प्रदीपकुमार मेहताले भने, ‘कसैको लापरबाहीले नभई परिस्थितिले डाँक सीमापारि अड्किन पुगेको थियो । यसलाई मगाउन हुलाक सेवा विभाग र मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट बराबर चासो व्यक्त भइरहेको थियो । निर्देशनअनुसार ती पोका शुक्रबार काठमाडौं पागएका छौं ।’

विदेशमा बस्ने नेपालीले पठाएका धेरैजसो पार्सल भारत हुँदै नेपाल आउने गरेको छ । लत्ताकपडा, चकलेट र अन्य कोशेली पार्सलमार्फत आउने गरेको छ ।व्यापारिक प्रयोजनले विभिन्न खाले वस्तुको नमुना पनि पार्सलमा आउने गरेको छ ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया