baklauri samudayik melmilap

३ फाल्गुन, सुमन भट्टराई । सुनसरी जिल्लाको बक्लौरी गाविसममा स्थापना भएको सामुदयिक मेलमिलाप केन्द्रले सोमबार अनुभव तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदयिक मेलमिलाप केन्द्रका संयोजक श्याम नारायण राजधामीको सभापतित्वमा भएको कार्यक्रमा बक्लौरी गविस सचिव लिला राज अधिकारी, सर्च फर कमण्ड  ग्राउण्डका महेन्द्र महत्तो, जेष्ट नागरिक सदस्य डम्वर राई, सुनसरी जिल्ला प्रशिक्षक खड्क कुमार उराव, सुभद्रा प्याकुरेल, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय पकलीका प्रहरी नायव निरिक्षक आस नारायण चौधरी, पशुसेवा केन्द्र बक्लौरीका शिताराम केसी, बक्लौरी गविसका ९ वटै वडाका २७ जना मेलमिलाप कर्ताहरुको उपश्थिती रहेको थियो ।

गत जेठ २८ गते समुदायमा भएका मुद्धा झै झगडा लगायतका समस्यालई प्रहरी र अदालत सम्म पुग्न नदिइकन समुदायमा नै मिलाउने उदेश्यले स्थापनना भएको सामुदयिक मेलमिलाप केन्द्रले स्थापना भएको ८ महिनामा ४० वटा मुद्धा दर्ता गराउन सफल भएको केन्द्रका मेलमिलाप कर्ता भवानी प्र ढकालले जानकारी दिनुभयो । केन्द्रमा दर्ताभएका ४० मुद्धा मध्ये ३५ वटा मुद्धाहरु मिलिसकेको,२ बटा सहमति हुन नसकेको,२ वटा सम्पर्कमा नआएको,र १ वटा मिल्ने प्रकृयामा रहेको केन्द्रका संयोजक श्याम नारायण राजधामीले जानकारी दिनुभयो ।

कार्यक्रममा बक्लौरी गविस सचिव लिला राज अधिकारीले समुदायमा केन्द्रको स्थापना भएसँगै गविसमा सहज भएको र गविसले स्थलगत भ्रमण नगर्ने गरेकोले केन्द्रले स्थलगत भ्रमण गरेर समस्याको समाधान गर्ने थालेको ले समुदायका समस्याहरु हल हुँदै गएको बताउनुभयो । केन्द्रको कार्य सँगै गविसमा हुने काम काजमा रहज, समयको वचत ,न्याय पाउने व्याक्तीले अदालत प्रहरी सँग नपुगिकन समुदायमा नै हल भएको प्रति केन्द्रलाई कार्यसफलताको शुभकामना दिदै गाविसले गर्नु पर्ने सहायोग गर्न तयार रहेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी नायव निरिक्षक आस नारायण चौधरीले सामुदायिक मेलममिलाप केन्द्र स्थापना सँगै प्रहरी लाई सहज भएको बताउनुभयो यसरी समुदायमा भएका समस्याहरुलाई समुदाय स्तर बाटै समाधान गर्दा राम्रो सन्देश गएको बताउनु भयो समु्दायमा हल हुने समस्याहरलाई समुदायमानै मिलाउदाँ राम्रो सन्देश बाहिर जाने बताउनुभयो ।

तपाईको प्रतिक्रिया