३ फागुन, इटहरी। सङ्घीय प्रेस फोरम नेपालले सुनसरीको इटहरीमा प्रदेश स्तरीय प्रेस फोरमको भेलाको आयोजना गरि पहिचानबादी आन्दोलनमा शसक्त योगदान पु¥याएको भन्दै पूर्वका सात जना सञ्चारकर्मीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । जीवनभर कलम चलाएर प्रजातन्त्र तथा लोकतन्त्र हुँदै पछिल्लो कालमा पहिचानको मुद्दामा समेत शसक्त भूमिका निर्वाहमा सक्रिय रहेको भन्दै अग्रज पत्रकारहरु हर्ष सुब्या याम प्रधान भवानी बराल शम्भु झा राजकुमार कार्की गोपाल देवान र दिपिन राईलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
उहाँहरुलाई पहिचानबादी आन्दोलनमा शसक्त कलम चलाएर विशिष्ठ कार्य गरेको कामको मुल्याङ्कन गर्दै सम्मान गरेको हो । अग्रज सञ्चारकर्मीहरुलाई सम्मान गर्नुहुँदै सङ्घीय समाजवादी फोरम नेपालका संयोजक उपेन्द्र यादवले अग्रज सञ्चारकर्मीहरुले देखाएको पहिचान सम्वन्धि बाटोमा सवैले इमान्दार भएर कदम चाल्ने हो भने नेपाली सवैको समान विकास सम्भव हुने कुरामा शङ्क नरहने स्पष्ट रहेको दावी गर्नुभयो ।
अग्रजहरुले समाज परिवर्तनसँगै सवै नेपालीको समान हितको पक्षमा खेलेको भूमिकालाई हामी सवैले अनुशरण गर्दै जाने हो भने एक दिन सवै नेपालीको समान अधिकार प्राप्तीको मुद्दा स्थापित भई सवैले देशको हरेक स्थानमा समान पहुँच प्राप्त गर्ने सक्ने विषयले पनि सार्थकता प्राप्त गर्न सक्नेछन भन्ने विश्वास जागृत भई रहेको पनि स्पष्ट पार्नुभयो ।
त्यस समारोहमा सङ्घीय समाजवादी फोरम नेपाका नेताहरु पर्शुराम बस्नेत अजम्वर काङमाङ राई तथा सम्मानित ब्यक्तित्वहरु भवानी बराल राजकुमार कार्की गोपाल देवान पीवी दियाली लगायतले पनि आ आफ्नो दृष्टिकोण राख्नुभएको थियो । कार्यक्रम सङ्घीइय प्रेस फोरमका अध्यक्ष गोविन्द छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।