३ फाल्गुन, इलाम। इलामको पशुपतीनगरबाट सोमबार प्रहरीले ५५ हजार बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ।

इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीको टोलीले बेलुका ८ बजे बेबारिसे अवस्थामा राखेको म्याटेस ५० पिस र ब्याङ्केटको खोल ६० पिस बरामद गरेको हो। बरामद सामान मंगलबार भन्सार कार्यालय पशुपतिनगर ईलाममा बुझाएको  प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया