काठमान्डाैं, फागुन ४ / जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ। सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानीय जवई खोलामा शव फेला परेको छ। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई वुधबार थप अनुन्धान सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए।
उक्त विभत्स घटना पछि बालिकाको परिवार र टोल छिमेक शोकाकुल परेका छन्। यस्ता जघन्य घटनाका कारण बालिकाहरु असुरक्षित रहेकोमा स्थानीय सर्वसाधारण निकै त्रसित बनेका छन्। यस अघि गत बुधवार पकडीको मर्थी नदीको तटमा ६ जना युवाहरुले सामुहिक बलात्कार गरेका छन्। सामुहिक बलात्कारमा संलग्न रहेका उपर कडा कारवाहीको माग गर्दै जिल्लाका विद्यार्थी संघ संगठनहरुले विरोध प्रदर्शन गर्दै दैनिक जसो धर्ना तथा प्रदर्शन गरिरहेका छन्। आजको अन्नपुर्ण पोष्टमा दैनिकमा खबर रहेकाे छ ।