काठमान्डाैं, फागुन ४ / प्रमुख दलका शिर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहममिा नआएपनि जेठ मसान्तभित्रै स्थानीय निकाय निर्वाचन गरी अघि बढ्ने निश्कर्षमा पुगेको छ । सकेसम्म मधेसी मोर्चालाई मनाउने,नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निश्कर्षमा उनीहरु पुगेका छन् ।  प्रमुख दल कांग्रेस,एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निश्कर्षमा पुगेको श्रोतको भनाइ छ ।

मधेसी मोर्चासँग अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ । मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई बोलाई निर्वाचनबारे छलफल गरेकी थिइन् । निर्वाचन मिति घोषणा गर्न ढिलो भएको बारे राष्ट्रपतिले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीलाई गम्भीर सचेत गराएको श्रोतको भनाई छ । आजको नागरिक दैनिकमा खबर रहेको छ ।

तपाईको प्रतिक्रिया