deuba-nidhiकाठमाडौं, ४ फागुन ।‘यो विमल एक्लै हिँड्न खोज्दैछ। आफू हिरो बनेर मलाई खराब देखाउन खोज्दैछ । यसरी कहाँ हुन्छ भनेको ?’

गृहमन्त्री विमलेन्द्र निधीले सकेसम्म निर्देशन उल्लंघन गर्न चाहेको, निर्देशन मानिहाले पनि आफूलाई बद्नाम गरेर चोख्खिन खोजेको भन्दै २८ गते साँझ सहयोगीमाझ यसो भनेका शेरबहादुर देउवा २९ को बिहानै बालुवाटार छिरे । कारण थियो, उपसभापतिसमेत बनाउन ठिक्क पारिएका विमलेन्द्रप्रतिको विश्वास घट्नु। विषय थियो, प्रहरी महानिरीक्षक नियुक्ति ।’

२६ गतेदेखि भनेको भन्यै’छु। मलाई पनि मिल्दैन, सकिँदैन भनेर हुन्छ ?’ कर्कश स्वरमा देउवा पड्किरहँदा तल्लो तलामा उनको सचिवालयमा बसेका केही कार्यकर्ता चुपचाप यी कुरा सुनिरहेका थिए। बूढानिलकण्ठस्थित देउवा निवासको दृष्य हो यो।

त्यो त प्रधनमन्त्री प्रचण्ड पनि बरियता मिचेर महानिरीक्षक नियुक्तिको पक्षमा थिएनन्। तर, सत्तासाझेदार दलको सभापति आफैले अगाडि बसेर, त्यहीँबाट गृहसचिवलाई टिप्पणी लेख्ने आदेश दिन लगाएर धर्ना कसेपछि उनको पनि केही चलेन।

भनिन्छ, प्रचण्ड आफैँ नवराज सिलवालको पक्षमा भएका हैनन्, विमलेन्द्र निधीमार्फत नै नवराजलाई महानिरीक्षक बनाउनुपर्ने पक्षमा गएका हुन्। ‘लुज टकिङ’ मा माहिर मानिने प्रचण्डले शायद देउवालई यो कुरा सुनाए क्यार। शनिबार बालुवाटारबाट फर्कँदा पनि विमलेन्द्रसंग आगो नै थिए।

आक्रोशको विषय थियो, अह्राएको काम नगर्ने, बरु पुलिसहरुलाई ‘पार्टी सभापतिको कारण म बाध्य छु’ भन्दै टक्टकिने ! आइतबार सखारै मन्त्रिपरिषद् बैठक बोलाइ जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्तिको निर्णय त भयो। तर, चार घण्टामै सर्वोच्चले नियुक्ति यथावत राख्न र भोलिपल्ट तत्काल पदबहाली नगराउन आदेश दिएपछि बजारमा देउवा निक्कै गर्माए।जनआस्था साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया