sunsari campus ghaita fod program3
४ फाल्गुन, दिपेन्द्र यादव इनरुवा। संघिय समाजवादी विद्यार्थी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालले आयोजना गरेकोे घैटा फोड कार्यक्रममा रियाज मंसुरी विजय भएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउन १० दिन मात्र बाँकी हुदाँ सुनसरी बहुमुखी क्याम्समा समाजवादी विद्यार्थी फोरम नेपालले घैटा फोड कार्यक्रम गरेको छ ।

sunsari campus ghaita fod program4
मंगलबार आयोजित घैटा फोड कार्यक्रममा सुनसरी बहुमुखी क्याम्पसमा अध्ययनरत्त २३ जना विद्यार्थीहरु सहभागी रहेको मध्ये तेस्रो नम्बरमा नाम आएका रियाज मंसुरीले ५ मिनेटको समायावधि पछि जित हासिल गरेका हुन् । उक्त कार्याक्रम समाजवादी विद्यार्थी फोरम नेपालका इकाई अध्यक्ष ब्रहमदेव यादवको आयोजना भएको थियो ।

sunsari campus ghaita fod program2
आयोजित कार्याक्रममा अथितिहरु समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष मिथिलेश यादव, इकाई कोषाध्यक्ष रेहना खातुन, प्रेस मञ्च सुनसरीको जिल्ला अध्यक्ष दिपेन्द्र यादव, विद्यार्थी मञ्च सुनसरीको इकाई अध्यक्ष निशा मेहता लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

sunsari campus ghaita fod program

sunsari campus ghaita fod program1

 

तपाईको प्रतिक्रिया