४ फाल्गुन, सप्तरी । सप्तरीको पोर्ताह-५ का चन्देश्वर खिरहरी (यादव) को घरमा  मंगलबार आगलागी भएको छ। साँझ ६ बजेतिर बिधुतको तार सर्ट भइ अचानक लागेको आगोले यादवको  फुसको छानो भएको १ तले घर तथा  भित्र रहेको अन्नपात, लताकपडा, तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ।आगालगी प्रहरी र स्थानियको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा  लिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

यता सप्तरीकै प्रसबनी-५ बस्ने हरि चन्द्र गोसाईको घरमा ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ। बेलुका ७ बजेतिर खाना पकाउने क्रममा अचानक  सिलिण्डर लिक भइ आगलागी भएको हो। आगलगीबाट उनको   फुसको छानो र  बाँसको टाँटी भएको २ तले घर तथा घर भित्र रहेको अन्नपात, लताकपडा, जलेर नष्ट भएको छ भने आगोमा परेर १ वटा बाख्रा समेत जलेर  मरेको बताइएको छ।  आगालगी प्रहरी र स्थानियको प्रयासमा नियन्त्रणमा लिएको इलाका प्रहरी कर्यालय महुलीले जनाएको छ।

तपाईको प्रतिक्रिया