४ फागुन, सुमन भट्टराई। नार्कोनन नेपालको आयोजना तथा इलाका प्रहरी कार्यालय इटहरीको संयोजनमा आज इटहरीमा बृहत लागु औषध सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

घर परिवार र समाजलाई सभ्य र सुसंस्कृत तुल्याउने जिम्मेवारीमा सक्रिय महिलाहरुलाई लागु औषध के हो तथा त्यसको प्रयोगले मानिसमा पुर्याउने प्रभावका विषयमा नार्कोनन नेपालका अभियन्त पूर्व प्रहरी अधिकृत बसन्तराज कुँवरले बुँदागत रुपमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।

उहाँले लागु औषध भन्नासाथ लागु पद्धार्थमात्र नभएर गाँजा चरेश औषधीकाम रुपमा प्रयोग गरिने ड्रग्स ब्राउन सुगर अभिम हिरोईन जाँड रक्सी डेन ड्राईप लगायतका सवै बस्तु लागु औषधभित्र पर्ने भएकाले यी वस्तुको प्रयोग गर्दा चिकित्सकको सल्लाह र अनुसार उपभोग गर्न सवैलाई सुझाज दिनुभयो ।

यस्ता पदार्थहरु चाडबाड वा रमाईलोका बेला त हो नि अलिकति खाँदा केही हुन्न भनेर सेवन गर्ने गर्दा विस्तारै विस्तारै थोरै थोरै खाँदै जाँदा जो कोही पनि यसको लतमा लागेर त्यहाबाट बाहिर आउन नसक्ने अवस्था सिर्जना हुने भएकाले यस्तो अवस्था तर्फ पनि सवै आमाबाबुहरुले आफ्ना बालबच्चाको विशेष ध्यान दिन जरुरी रहेको कुरामा पनि अभियन्त बसन्तराज कुँवरले सवैको ध्यानाकर्षण गराउनुएको थियो ।

देशभरका झण्डै ७० प्रतिसत युवाहरु कुनै न कुनै रुपमा लागु औषधको कुलतामा लागेको र कक्षा ८ देखि माथिको कक्षामा उक्लनासाथ विस्तारै दुब्लाउँदे जाने अनि पढ्न ध्यान नदिने र रातभर एक्लै बस्ने जस्ता कुराहरु देखा पर्न थालेमा बालबच्चा कुलतमा फसेको हुन सक्ने भएकाले अभिभावकहरुले यो विषयमा विशेष चनाखो हुन सवैलाई विशेष आग्रह गर्नु भयो ।इटहरी इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी लगायतका प्रहरी अधिकृत तथा जवानहरुको सक्रियतामा रिजाल भिजन्समा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया