४ फागुन, सुमन भट्टराई । धार्मिक पर्यटकीय स्थल गोकुलम रिसोर्टमा स्वामी कनक प्रभानन्द सरस्वती जी महाराजले आज एक दिने धार्मिक प्रवचन दिदै देशलाई सभ्य सुसंस्कृत र बैज्ञानिक चिन्तनसँँगै अत्याम्तिक आस्थाका आधारमा अघि बढाउन सकियो भनेमात्र नेपाल भूमिको भविष्य सुन्दर बन्न सक्ने कुरामा जोड दिनुभएको छ ।
पौराणिक तथा प्राचीन कालदेखि नै नेपाल भूमि धार्मिक भूमि भएकाले नेपाल भूमि आफैमा धार्मिक भूमि बैज्ञानिक धार्मिक आस्थाले प्रेरित रहँदै आएको राज्यले यो भूमिमा बसोवास गर्ने सवै नागरिकप्रति समान दृष्टिकोणले हेर्न सक्ने नीति बनाउन जरुरी रहेको कु्रामा महाराजले जोड दिनुभयो ।
राज्यका लागि कोही पनि नागरिक विभेदभित्र पर्न नहुने तर्फ राज्य गम्भीर र सचेत हुन जरुरी रहेको कुरामा महाराजले जोड दिदै राज्यका लागि प्रत्येक नागरिक उत्तिकै बलवान एवम शक्तिशाली हुने भएकाले नागरिकप्रति राज्यले ठोस नीति बनाएर समान ढङ्गले हेर्नै जरुरी रहेको कुरामा पनि उहाँले जोड दिनुभएको थियो ।
राज्यका लागि प्रत्येक नागरिक समाज हुन्छ भन्ने महान भावनाले राज्यले ब्यक्तिलाई समाज रुपमा अघि बढ्ने अवस्था उपलब्ध गराउन जरुरी रहेको तर यदी कसैले विभेदको नीति लिएर राजनीतिलाई अघि बढाउँछ भने त्यहाँ अवश्य नै विद्रोह उत्पन्न हुने भएकाले यस तर्फ कसैले पनि जान उपयुक्त नहुने तर्फ सचेत गराउनुभएको छ । गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, प्रहरी उपरीक्षक पोषराज पोख्रेल लगायतको सहभागिता रहेको थियो ।