prem love sucide amar

अमर काफ्ले इनरुवा/ भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा पागल हुने युवा जमातको कमी छैन् यहाँ । आफुले मन पराएको व्यक्ति अरुकोहीसँग नजिकिँदा मात्रै पनि इस्र्या र जलनको अनुभूति हुनु प्रेमको पर्यायवाची झै हो ।

प्रेम त्यो हो जहाँ दुई आत्माको मेल अनिवार्य छ । यद्यपी देखावटी र व्यवहारमा उतारिने  प्रेममा भने आकाश पतालको फरक हुने गर्छ । विक्रमको प्रेम पक्कै देखावटी थिएन् । उनि सुन्दर सपना बुन्दै प्रेमिकाको आलिङगनमा सांसारिक खुशीको अनुभूति चाहन्थे । साथीभाईका सामुन्ने बिकी नामले चिनिने मधेशा ६ का विक्रम चौधरी, चौधरी थरकी युवतिलाई आफ्नो प्रेमिका मान्दथे । आफुले मन पराएको व्यक्तिलाई सहयात्री बनाउने बिक्रमको अठोटमा तब तुषारापात भयो जब प्रेमिकाले उनको प्रस्ताव अस्विकार गरिदिइन् ।

फिल्ली दुनियाको रंगिन पर्दामा देखाइने प्रेम कहानी र प्रेमकालागि त्याग केवल देखावटी मात्र हो । तर अन्दाजी २० वर्षे ठिटो बिक्रमले आफ्नो प्रेमको इजहार गर्न त्यही फिल्मी शैली अपनाए । युवति बाबुआमा सहित नारायणघाटमा बस्थिन् । सुनसरीको मधेशा ६ घर भएका बिक्रम केहिसमय अघिदेखि निकिता सँगको प्रेममा परेका थिए । चाँदवेला घर भएकी उनि बाबु मजदुरी गर्न नारायणघाट जानेक्रममा सपरिवार सहित केहिमहिना अघि उतै लागेकी थिइन् । प्रेमिकालाई भेटी प्रेम प्रस्ताव राख्न भ्यालेनटाइन डेका दिन उनि घरबाट हानिए ।

ज्यालादारी मजदुरी गरेर कमाएको केही रकमले उपहार बोकी प्रेमिका भेट्न अघिल्लो दिन घरबाट हिँडेका उनि भ्यालेनटाइन डेका दिन प्रेमिका बस्दै आएको डेरामा पुगेका थिए । प्रपोजका लागि तीन तलामाथि पुगेका विक्रमले आफ्नो प्रस्ताव अस्विकृत भएपछि अन्नतः हाम फालेर ज्यान दिए । तिमिबिना बाँच्नु बेकार छ । म तिम्रो हुन सकिन, तिम्रै लागि ज्यान दिन्छु भन्दै बिक्रमले ज्यान दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाका अनुसार विक्रमको प्रेम प्रस्ताव युवतिले ठाडै अस्विकार गरिन् । प्रहरीको अनुसन्धानमा प्रेमिका सामू भ्यालेन्टाइन डेको दिन गिफ्ट दिँदै प्रस्ताव राख्दै गर्दा अस्विकार भएपछि हामफालेको देखिएको छ । गम्भिर घाइते अवस्थाका उनको उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । प्रहरीले अनुसन्धानकालागि चौधरी युवती र उनको परिवारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया