mahila yen kanun talim itahari

६ फागुन, सुमन भट्टराई इटहरी । श्रमिक महिला साझा मञ्चको आयोजनामा राज्यमा विद्यमान महिला तथा बालबालिका सम्वन्धि ऐन कानुन र नीति सम्वन्धि सचेतनामुलक पाँच दिने तालिम बिहिबार इटहरीमा सम्पन्न भएको छ । प्लान नेपालको सहयोगमा उप्का नेपाल र श्रमिक महिला साझा मञ्चको आयोजनामा भएको तालिममा २१ जना किशोरी,महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि श्रमिक महिला साझा मञ्चमा आवद्ध महिला तथा किशोरीहरुलाई अधिबक्त बृन्दा महर्जनले विद्यमान ऐन कानुन तथा संविधानले महिला तथा किशोरीहरुका विषयमा ब्यवस्था गरेको कानुनी उपचारका विषयमा जानकारी गराउँदै महिलाहरुले आफ्नो अधिकार सुनिश्चितताका लागि हुनु पर्ने सचेतना सम्वन्धि ब्यवहारिक एवम सैद्धान्तिक ज्ञान दिनुभएकोे थियो ।

तालिममा सहभागि हुनु भएकाहरुलाई अग्रज पत्रकार याम प्रधानले प्रमाण पत्र वितरण गर्दै तालिमबाट प्राप्त ज्ञान र सिप तथा ऐन सम्वन्धि ब्वस्थालाई ब्यवहारमा उतार्नका लागि तालिम समापनले ढोका उघार्ने भएकाले तालिमबाट प्राप्त ज्ञानलाई ब्यवहारिक रुपमा प्रयोगमा ल्याई सफल जीवन बनाउन सक्षमता प्राप्त होस भन्नुभएको थियो ।

तालिम समापन समारोहमा प्रशिक्षक बृन्दा महर्जन, उप्का नेपालका अवसर परियोजना दोस्रोकी कार्यक्रम सञ्चालिका इन्द्रमति नेम्वाङ ,श्रमिक महिला साझा मञ्चकी उपाध्यक्ष सीमा चौधरी लगायतले पनि प्रमाण पत्र वितरण गर्नुभएको थियो । सीमा चौधरीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा प्रशिक्षार्थीहरु सुमिता घिमिरे र बिनिता पाँचकोटीले तालिमका विषयमा आ आफ्ना धराणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया