talabandi-hsptl jilla swasthya karyalay hospital
इनरुवा फागुन ६/स्वास्थ्य सेवा ऐनको दफा ९ ख पुर्ण कार्यान्वयनको माग राख्दै आन्दोलनरत सुनसरीका  स्वास्थ्यकर्मीहरुले आज जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा ताला बन्दी गरेका छन ।मन्त्री परिषद बैठकले स्वास्थ्य सेवा ऐनको दफा ९ ख  पारित गरेको भएपनि हालसम्म उक्त निर्णय लागु हु नसकेको भन्दै देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

स्वास्थ्यकर्मीहरुको सेवा सुविधा र पदस्थापनसंग ऐन कार्यान्वयनमा देखिएको उदासिनता अन्त्यको माग गर्दै उनिहरुले चरणवद्ध रुपमा दबाव मूलक आन्दोलनका कार्यक्रम संचालन गर्दै आएका हुन् ।यसअघि जिल्ला अस्पतालबाट नियमित प्रदान हुने खोप सेवा अवरुद्ध पारेका स्वास्थ्यकर्मीहरुले शुक्रवार कार्यालय मुल गेटमै तालाबन्दी गरेका हुन् ।

आफुहरुका माग वेवास्ता गरिएकाले कडाईका साथ आन्दोलनमा उत्रनुको विकल्प नभएको  स्वास्थ्यकर्मी संयुक्त ट्रेड युनियन संघर्ष समिति सुनसरीका संयोजक महेश पोखरेलले बताए । स्वास्थ्यकर्मीहरुले स्वास्थ्य कार्यालयको मुल गेटमै ताला लगाएका कारण स्वास्थ्य कार्यालयको कामकाज ठप्प बनेको थियो ।

तपाईको प्रतिक्रिया