sitaram-silanyas swasthya clinic
इनरुवा फागुन ६/समान स्वास्थ्य सेवा प्रवद्धनको उद्येश्यअनुरुप इनरुवाको वडा नम्वर ६ मा शहरी स्वास्थ्य क्लिनिक निर्माण गर्न लागिएको छ ।३२ लाख लागतमा निर्माण हुन लागेको चार कोठे भवनको आज भौतिक पूर्वाधार तथा यातायात राज्यमंत्री सीताराम मेहताले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रम पश्चात बोल्दै प्रमुख अतिथि राज्य मंत्री मेहताले गुणस्तरीय कार्य सम्पादनकालागि सम्वन्धित ठेकेदारलाई निर्देशन दिनु भयो ।शिलान्यास कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल सहित नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता लगायतको उपस्थिती रहेको थियो ।२०७४ साल जेठ २५ गते सम्म काम सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा सयपत्री निर्माण सेवालाई दिइएको इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया