sakhuwagachi swasthya sibir mahila inaruwa
इनरुवा फागुन ६/सुनसरीको इनरुवामा महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । इनरुवा ३ सखुवागाछीमा सरस्वती टोल बिकास संस्थाले शुक्रवार पाठेघर जाँच शिविरको आयोजना गरेको हो ।

sakhuwagachi swasthya sibir mahila inaruwa1
महिला आरोग्य विकास कार्यक्रम अन्र्तगत आयोजना गरिएको स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग विशेषज्ञको टोलीले सेवा प्रदान गरेको थियो । स्वास्थ्य शिविरको भौतिक पूर्वाधार तथा यातायात राज्यमंत्री सीताराम मेहता र इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले उद्घाटन गर्नु भएको थियो ।

sakhuwagachi swasthya sibir mahila inaruwa2
शिविरमा टोल विकास संस्थामा आवद्ध महिलाका साथै आसपासका गरी २ सय बढीले पाठेघरको जाँच गराएको संस्थाकी अध्यक्ष अम्बिका घिमिरेले बताइन् ।

तपाईको प्रतिक्रिया