jamiya abhibhawak bhela bhokraha madarsa
६ फागुन, इनरुवा। भोक्राहा ९ मा रहेको जामिया इस्लामिया मर्दशाले अभिभावकको भेला सम्पन्न गरेको छ । खस्कँदो शैक्षिक गुणस्तर उकास्नकालागि अभिभावक भेलाको आयोजना गरिएको कार्यवाहक सचिव सज्जात आलमले जानकारी दिए ।

पुरानो व्यवस्थापन समिति र गाउँवासीवीच चली आएको आपसी मनमुटावको अन्त्य गरी मदर्शा शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्येश्यअनुरुप सर्वपक्षिय भेला डाकिएको आलमले बताए । भेलामा वर्तमान अवस्थाबाट मर्दशालाई माथि उकास्न सहमतिय प्रयास जारी राख्ने निर्णय गरेको छ ।

पुरानो र नयाँ व्यवस्थापन समितिको विवाद अन्त्य गरी शैक्षिक गुणस्तर कायम गर्नु जामियाको प्रमुख उद्येश्य रहेको प्रधानाध्यापक मौलाना खालिद सैफउल्लाले बताए । १६ महिने कार्यकाल पाएको नयाँ व्यवस्थापन सामू मदर्शाको शैक्षिक गुणस्तर लगायतमा सुधारको चुनौति रहिआएको छ । भेलामा असन्तुष्ट पक्षले नयाँ व्यवस्थापन समितिको कार्यशैली सन्तोषजनक नभएको भन्दै विरोध जनाएका थिए ।

तपाईको प्रतिक्रिया