16810545_1162786373842543_426320136_o

इनरुवा/आन्दोलनका चरणवद्ध कार्यक्रममा उत्रनु आफुहरुको बाध्यता भएको स्वास्थ्यकर्मी ट्रेड युनियन सुनसरीले जनाएको छ ।स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन तथा व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रनु आफुहरुको बाध्यता भएको भन्दै ट्रेड युनियन संघर्ष समिति सुनसरीले त्यसबाट सेवाग्रामीमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ ।

संयुक्त ट्रेड युनियन संघर्ष समिति सुनसरीका संयोजक महेश पोखरेलले अपिल मार्फत आन्दोलनमा ऐक्यवद्धताकालागि सर्वसाधारण सहित सरोकारवाला सामू आग्रह समेत गरेका छन् ।यसअघिका आफुहरुको पटक पटकको आन्दोलन व्यर्थ गएकाले केन्द्रिय तालिका अनुरुप सुनसरीमा समेत आन्दोलनका कार्यक्रमलाई शशक्त तवरले अघि बढाइएको स्वास्थ्यकर्मी ट्रेड युनियन संघर्ष समिति सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया