६ फाल्गुन , मोरङ।  विराटनगरबाट ५१ किलो ४ सय ग्राम लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला मकवानपुर टिष्टुङ्ग गाविस ५ बस्ने प्रताप सिंह गोले, बुद्ध बम्जन, जिल्ला काभ्रेपलान्चोक नयागांउ देउपुर गाविस ४ बस्ने राम गुरुङ, सोही ठाउँका अरुण गुरुङ र जिल्ला धादिङ भुमेस्थान गाविस १ बस्ने मिलन राउत रहेका छन्।
उनीहरुलाई प्रहरीले विशेष सुचनाका आधारमा बिराटनगर-१५ न्यू शान्ती होटलबाट बिहिबार पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गरिएको हो। उनीहरुले चार वटा सुटकेशमा फल्स बटन बनाई चरेश लुकाई कलकत्तातर्फ लैजान तयारी गर्दै थिए। उनीहरुको साथबाट भारतीय एक सय दरका नोट १२० थान, दुई हजार दरका नोट एक थान नोट, नेपाली एक हजार दरका एक थान नोट, बिभिन्न कम्पनीका ६ थान मोवाईल, जोगबनीबाट कलकत्तासम्मको रेलको टिकट तथा काठमाण्डौबाट विराटनगरसम्मको बसको टिकटसमेत बरामद भएको छ। पक्राउ परेका पाँचै जनालाई लागूऔषध अन्तरगत म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। यस अघि गत पुस ६ गते पनि बिराटनगर २१ स्थित दुई नम्बर ढाट नजिकै बाट ३ किलो ४५ ग्राम चरेशसहित भारत कोलकत्ता बस्ने शेख रिमाद पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया