६ फाल्गुन, दिपेन्द्र यादव इनरुवा । सुनसरी बहुमुखी क्याम्पसमा शुक्रबार सदभावना पार्टी सुनसरी निकट रहेको भातृ संगठन विद्यार्थी मञ्च क्याम्पस इकाई समिति सुनसरीले विरोध स्वरुप स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छ ।
विद्यार्थी मञ्च सुनसरी बहुमुखी क्याम्पस इकाई समिती अध्यक्ष प्रमिला कुमारी मेहता (निशा) को नेतृत्वमा रहेका विद्यार्थीहरुले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा अर्को ताला लगाएका छन् । स्ववियु निर्वाचन कार्यक्रमबारे आनदोलीत रहेका विद्यार्थी मञ्च लगायतका मधेशवादी विद्यार्थी संगठनहरु सँग कुनै किसिमको छलफल नगरेकाले शुक्रबार सुनसरी बहुमुखी क्याम्पस इकाई अध्यक्ष निशाको नेतृत्वमा अर्को ताला लागेको विद्यार्थी मञ्च सुनसरीले जानएको छ ।
यता फाल्गुन ५ मा समाजवादी विद्यार्थी फोरम नेपालले मधेशवादी दलका विद्यार्थी संगठनहरुले माघ २४ गते जारी गरेको प्रेस विज्ञप्तीमा राखेको मागहरुको कुनै सुनवाई नभएका कारण सुनसरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । आन्दोलनरत्त मधेशवादी विद्यार्थी संगठनहरुले सिनेटको माग खारेज, पुर्ण समानुपातिक निर्वाचन प्रणली लागु , फर्जी भर्ना खारेज तथा स्ववियु निर्वाचनको बातावरण निर्माण लगायतका मागहरु राखेका छन् । सो मागलाई त्रिविले बेवास्ता गरेको कारण क्याम्पसमा तालाबन्दी गरेको सुनसरी बहुमुखी क्याम्पस इनरुवा एकाई समिती अध्यक्ष ब्रहमदेव यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया