७ फागुन, सुमन भट्टराई इटहरी। आज प्रजातन्त्र दिवशको अवसरमा नेपाल पत्रकार महासङ्घ सुनसरीको दशौ अधिवेशन समारोहको शुभारम्भ भएको छ । एक दिने अधिवेशनले महासङ्घ सुनसरी शाखाको नयाँ पदाधिकारीको चयनसँगै केन्द्रिय र प्रदेश पार्षदहरुको चयन गर्नेछ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रिय महासचिव उजिर मगरले अधिवेशन समारोहको उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले नेपाली पत्रकारहरुले पेशागत मर्यादा र सुरक्षा एवम न्यूनतम पारिश्रमिक सम्वन्धि मुद्दालाई घनिभूत रुपमा उठाउँदै आएको भए पनि अझै नेपाली पत्रकारहरुले सुरक्षाको अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो ।

अधिवेशन उद्घाटन समारोहमा नेपाल प्रेसु युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले राजनीतिक दल नेपाली प्रेसप्रति सम्वदेशनशील बन्न नसकेकै कारणले नेपाली पत्रकारहरुले चाहे जस्तो परिवर्तनको महसुस गर्न नपाएको यथार्थ प्रति अव सवै नेपाली पत्रकारहरुले एकजुट भएर राज्यसँग अधिकार प्राप्तीका लागि अग्रसर हुनु पर्ने कुरामा जोड दिनुभयो ।

सो अवसरमा पत्रकार नेताहरु न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसी,महासङ्घ सचिव एवम अधिवेशन प्रतिनिधि सङ्गीता थापा प्रेस चौतारी उपाध्यक्ष लिलाराज भट्टराई प्रेस फोरम केन्द्रिय उपाध्यक्ष प्रेमप्रसाद दियाली इकबाल अहमद बेदराज पौडेल लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया