७ फागुन, सुमन भट्टराई इटहरी। इटहरी जेसीजको १९ औ तथा जुनियर जेसीजको ११ औ पदस्थापन तथा पुरस्कार वितरण समारोह आज सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूवाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा पदस्थापन समारोह सम्पन्न भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि भट्टराईले समाज र राष्ट्र विधिको शासनबाट चल्नु पर्ने मान्यतामा अडिग जेसीजबाट राज्य सञ्चालकहरुले ज्ञान लिन सकेको खण्डमा देशको शासन प्रणाली पद्धतीगत रुपमा चल्ने कुरामा जोड दिनुभयो ।

जेसीज अध्यक्ष दीपक ढकालको अध्यक्षतामा भएको पदस्थापन तथा पुरस्कार वितरण समारोहमा जेसीजको बर्षभरि विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने सदस्यहरुलाई तथा पुर्व पदाधिकारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

सोही अवसरमा आगामी बर्षका लागि चुनिनु भएको जसीज अध्यक्ष गोकुल थापा तथा जुनियर जेसीज अध्यक्ष बादल दहाल लगायतका पदाधिकारीहरुलाई पदस्थापन गराउँदै नयाँ कार्यकालका लागि शुभकामना पनि प्रदान गरिएको छ । सो अवसरमा शससिला ढकाल,दिब्यराज गुरुगं,लेखनाथ घिमिरे शिवराज दाहाल,दिवश पोख्रल लगायतले सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया