एजेन्सी । विश्वमा प्रसिद्धि कमाएको दक्षिण कोरियाको अग्रणी व्यापारिक घराना सामसुङका उपाध्यक्ष ली जाय योङ पक्राउ परेका छन्।उपाध्यक्ष योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । देशकै सबैभन्दा ठूलो राजनीतिक भ्रष्टाचारको काण्डमा संलग्नताको आरोपमा उक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

शुक्रबार बिहान सोलका न्ययाधीशले लीको पक्राउका लागि सहमति दिएका थिए । ली अब अदालतको निर्णय नआउञ्जेल हिरासतमै बस्नुपर्ने छ ।अभियोग पक्षका वकिलहरुले लीले निलम्बित राष्ट्रपति पार्क गुई हेको पक्षमा दशौं लाख डलर दिएको र आफ्नो कम्पनीका लागि सरकारी समर्थन प्राप्त गरेको दावी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया