फागुन ८ इनरुवा /नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा अमर खड्का विजयी भएका छन् । खड्काले अध्यक्षका प्रत्यासी जनकऋषि राईलाई पराजित गरेका हुन् । त्यसैगरी सचिवमा प्रमोद यादवलाई हराउँदै हिमाल दाहाल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा सन्तोष काफ्ले, महिला उपाध्यक्षमा सुभद्र प्याकुरेल, सहसचिव समावेशी तर्फ दिनेश गजमेर विजयी भएका छन् । खुल्ला तर्फ सहसचिवमा ध्रुव ढकाल र कोषाध्यक्षमा गोविन्द बस्नेत विजयी भएका छन् । त्यसैगरी नयाँ कार्य समितिकालागि विजयी सदस्यहरुमा अजितकुमार झा, चन्दन गुप्ता, मधेशी तर्फ टोमराज मेहता (निर्विरोध),अजुर्न सुवेदी, विवेक भट्टराई, कानुन कार्की, धनकुमार राई, विशाल राई र धिरेन लिम्बु रहेका छन् ।

इनरुवा अनलाईन परिवारको तर्फबाट नव निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।

तपाईको प्रतिक्रिया