८ फाल्गुन, सप्तरी। सप्तरीको राजविराजबाट प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ। राजविराज नगरपालिका ७ बस्ने तुलबहादुर थापा मगर, राम विलास साह र महेन्द्र साहको घरमा संचालन भएको अवैध घरेलु मदिरा भट्टीबाट इलाका प्रहरी कार्यालय रुपनीको टोलीले शनिबार २० लिटर तयारी मदिरा तथा ३५ लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो।

तपाईको प्रतिक्रिया