इनरुवा फागुन ८ / विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका क्षति तथा विवरण बुझ्न आयोगको टोली सुनसरी आउने भएको छ ।

नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार उच्चस्तरीय जाँचबुझ आयोगको टोली तराई मधेश र थरुहट लगायतका क्षेत्रमा २०७२ श्रावणदेखि भएका राजनीतिक आन्दोलनमा भएका क्षति तथा घटनाको वास्तविकता बुझन सम्वन्धित क्षेत्रमा खटिएको छ ।

फागुन १० गते सुनसरी आइपुग्ने आयोगको टोलीले आन्दोलनताका भएका हिंसा, आगजनी, तोडफोड लगायतका घटनाबारे विवरण संकलन गर्ने छ । टोली इनरुवा आउने भएकाले आन्दोलनका क्रममा क्षति बेहोरेका तथा आन्दोलनका क्रममा प्रत्यक्ष अप्रत्यक्ष पीडित भएका व्यक्तिहरुले सम्पर्क गर्न सुनसरी प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालका अनुसार एक दिन मात्र टोली इनरुवामा रहने छ । प्रजिअ पौड्यालले सम्वन्धित व्यक्तिहरुले उक्त दिन आयोगको टोलीसामू आफ्नो वास्तविकता जानकारी गराउन अुनरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया