९ फागुन, इटहरी। आर्थिक अनियमितता र पैसाको भरमा पेट्रोल पम्पहरुबाट कमिशन लिएर पेट्रोलियम बस्तु उपलब्ध गराउँदै आएको आरोप लागेको आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरमा उत्पन्न समस्याको आज मजदुर र निगमबीच भएको छलफल र बार्ता मिल्न सकेन ।

जसको कारण पेट्रोलियम पद्धार्थमा देखिएको समस्याको निकास निक्लन नसकेको मजदुर नेता गौरी लामाले जानकारी दिनुभएको छ । आयल निगमका प्रमुख दिनेशकुमार यादव र अन्य कर्मचारीहरु समेतको मिलेमतोमा पेट्रोलियम बस्तु बिक्री वितरणमा देखिएको अनियमितता लगायतका कारणले आइतवार ना ४ ख ४१५० नम्वरको टेङ्करका सहचालक किरण लामा निर्घात कुटपिट भएपछी पेट्रोलियम बस्तु ओसार पसारमा गम्भीर समस्या सिर्जना भएको छ ।

निगमका क्षेत्रीय प्रमुख यादवमाथि पूर्वका पेट्रोल पम्प ब्यवसायीहरुले अनावश्यक आर्थिक लाभ दिनु पर्ने र त्यस्तो लाभ नदिनेले पेट्रोलियम पद्धार्थ प्राप्ती सम्वन्धि समस्या झेल्नु पर्ने जस्ता आरोप लागेको प्रमुख यादवलाई सो विषयमा सोधखोज गर्दा उहाँले यो धमिलो पानीमा माछा मार्ने भने जस्तो आरोप भएको बताउनुभयो ।

केही समयअघि आफुलाई कालिका कन्ष्ट्रक्शन कम्पनीका विषयमा पनि मित्थ्या आरोप लागेको र त्यो बिषयको छानविनपछि आफु निर्देश रहेहो आयल निगमले पुष्टि गरेकाले आफु पुन विराटनरमा जिम्मेवारी सम्हाल्न आएका बेला पुन यस्तो आरोप लाग्नु स्वाभिवक भएको तथा यसलाई सकैले पुष्टि गरिदिए आफुले कान काट्ने दावी समेत गर्नुभयो ।

दैनिक १२ सय किलोलिटर डिजेल र ५ सय किलोलिटर पेट्रोल खपत हुँदै आएको पूर्वी नेपालको बजारमा विगत तीन दिनदेखि पेट्रोलियम बस्तु उठ्न नसक्दा समस्या सिर्जना भएको हो र आफु हिजैमात्र कार्यालय आएकाले यसलाई अझै सवै बसेर मिलाउने प्रयास भई रहेको प्रमुख यादवले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख यादवले आइतवारको घट्नामा को दोशी हो भन्ने विषयमा छानविन गरेर दोशीलाई कार्वाही गर्न आफु तयार भएर नै कर्मचारी मजदुर र पेट्रोलियम बस्तु ढुवानी ब्यवसायी सवैको प्रतिनिधिहरुलाई बोलाएर समस्याका दीर्घकालिन निकास निकाल्ने विषयमा आफु तयार रहेको पनि प्रमुख यादवले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख यादवले आफुमाथि भ्रष्टाचार अनियमिमतताका विषयमा ब्यवसायी एवम पेट्रोलियम बस्तु ढुवानीकर्ताहरुले लगाउने गरेको आरोप कोही पनि एक जनाले कार्यालयमा आएर मेरो सामुन्ने हो यसले घुस लिन्छमात्र भनिदिए आफुले जागिर नै छाड्ने पनि स्पष्ट पार्नुभयो ।

यता मजदुर नेता गौरी लामाले भने मजदुरमाथि ज्यादती गर्ने र पेट्रोलियम बस्तु आयात निर्यातका विषयमा हुँदै आएका बेथितिको जिम्मेवारी पनि कार्यालय प्रमुखले लिई मजदुरमाथि भएको ज्यादती र अन्यायप्रति कार्यालय प्रमुखले सार्वजनिक माफी समेत माग्नु पर्नै बताउनुभयो ।

तपाईको प्रतिक्रिया