९ फागुन , काठमाडौँ | सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आज मात्रै निर्वाचन आयोगले वैशाख ३१ गतेकै मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।

सोमबार मन्त्रिपरिषद् तीन पटकसम्म बैठक बस्यो जसमा विहान बसेको पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको थियो । त्यस्तै दिउँसो बसेको बैठकले १४ देशका राजदूत नियुक्तका लागि सिफारिस गर्नुको साथै पाँच सचिवको सरुवा गरेको थियो ।

त्यस्तै चुनाव घोषणाका लागि सोमबार नै बसेको तेस्रो मन्त्रिपरिषद् बैठकले  निर्वाचनको मिति तय गरेको हो । त्यस्तै आजको मन्त्रिपरिषद बैठकले स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगलाई झण्डै साढे १० अर्ब दिने निर्णय गरेको छ । जुन रकम तत्काल निकाशा गर्न भनिएको छ ।

 

तपाईको प्रतिक्रिया