९ फागुन, काठमाडौं । सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले भोलीदेखि नै दबावमुलक आन्दोलन गर्ने घोषणा गरेको छ ।सोमबार साँझ सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेसंगै मधेसी मोर्चा रुष्ट बनेको हो । मधेसी मोर्चाले संबिधान संसोधन नगरी निर्वाचन गर्न लागिएको भन्दै दवाबमुलक आन्दोलनको घोषणा गरेको हो ।

निर्वाचनको घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै गर्दा मधेसी मोर्चाले आन्दोलनमा जाने निश्चित गरिसकेको थियो । सोमबार साँझ मिति घोषणा गरेपछि उसले आफ्ना आन्दोलनका कार्यक्रम अघि सारेको हो ।

मोर्चाको आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार मसाल जुलस निकाल्ने, बुधबार मधेस बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै फागुन १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया