१० फागुन, विराटनगर। ट्याङ्कर मजदुर र आयाल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कर्मचारी बीचको असमझदारीका कारण पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प भएको छ ।
ढुवानी समस्याका कारण तिन दिन यता कोशी पहाडी जिल्लामा पेट्रोल र डिजेल अभाव भएको हो । इन्धन अभावका कारण धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा यातायात र ढुवानी प्रभावित बनेको छ भने पुर्बका मोरंग, सुनसरी, झापा आदी जिल्लाहरुमा पनि इन्धन अभाव भएको छ।
ट्याङ्कर मजदुर र आयल निगमबीच समस्या समाधानका लागि वार्ता भैरहेपनि अझै केहि दिन इन्धन लोड हुने संभावना नरहेको जानकारी आएको स्थानीय पेट्रोलपम्म संचालकहरुले बताएका छन् । मोटरसाइकलका लागि सिमित कोटामा पेट्रोल उपलब्ध गराइरहेको भएपनि डिजेल दिन नसकिएको उनिहरुको भनाई छ।

तपाईको प्रतिक्रिया