१० फागुन, इटहरी। नेपाली सेनाका पूुर्वी पृतना मुख्यालय इटहरीमा रहेको बटुक दल गणका प्रमुख सेनानी शुलभ खड्काको नेतृत्वमा रहेको सयभन्दा बढि नेपाली सेनाले सरसफाई अभियान सम्पन्न गरेको छ ।नेपाली सेनाले इटहरी उपमहानगरपालिकामा रहेको बुढीगङ्गा जमुना धार्मिक तीर्थस्थल क्षेत्रको मन्दिर परिसर शव दाहस्थल र बुढीगङ्गा जमुना नदी क्षेत्र समेतको सफाईमा नेपाली सेनाले सफाई गरेका हुन् ।

प्रमुख सेनानी खड्काले सप्ताहब्यापी सफाई अभियानको क्रममा बुढीगङ्गा जमुना क्षेत्रलाई सुन्दर सफा र बाहिरबाट आउने मानिसले हेर्नासाथ अति सफाई क्षेत्रको पहिचान नै इटहरी बनाउने उद्देश्यले यो सफाई अभियान चलाएको खड्को बताउनुभयो ।

सरसफाईको क्रममा बुढीगङ्गा जमुना नदीमा भएको फोहोर तथा बुढीगङ्गा जमुना शव दाहस्थल र आसपासका क्षेत्रमा फेला परेका फोहोर जम्मा पारेर डढाउने तथा त्यसलाई ब्यवस्थित तुल्याई राख्ने कार्यमा पनी नेपाली सेनाले शसक्त योगदान पु¥याएको भन्दै श्री कृष्ण राधाकृष्ण प्रणामी मन्दिरका जेष्ठ नागरिकहरुले नेपाली सेनाले उत्कृष्ठ काम गरेको भन्दै सफाई अभियानको प्रशंसा गरेका छन् ।

नेपाली सेनाको बटुक दल गणले एक हप्ताभरि सञ्चालन गर्ने यो सफाई अभियानका क्रममा इटहरीको राधाकृष्ण मन्दिर, लक्ष्मी नारायण शनि मन्दिर लगायतका क्षेत्रमा सरसफाई अभियान चलाई इटहरीबासीलाई आफ्नो धार्मिक तीर्थस्थल क्षेत्रलाई सँधै सफा राख्न सन्देश दिने कार्य समेत गरिने योजना रहेको प्रमुख सेनानी खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया