- बिरेन्द्र शाह

१० फागुन, इनरुवा । सुनसरीका सिमा क्षेत्रमा पछिल्लो समय फस्टाउदै गएको अवैध मदिराको कारोवार अझै सम्म रोक्न असफल देखिएको छ । सिमा क्षेत्रमा कार्यरत्त नेपाल प्रहरीका कर्मचारीहरुले अवैध कारोवार रोक्नका लागि गस्तीमा ढिलासुस्ती गर्ने गरेको कारण सुनसरीका सिमा क्षेत्रमा खुला मदिराको अवैध कारोवार फस्टाउदै गएको हो ।

सुनसरीका सीमा क्षेत्रका स्थानीयहरुले सीमावर्ती क्षेत्रमा अवैध रुपमा खुलेआम मदिराको कारोवार भई रहदाँ समेत प्रहरी भने मुकदर्शक
बनेको आरोप लगाएका छन् । अवैध मदिराको कारोबार बाट केहि सिमित ब्यक्तिलाइ फाइदा भएपनि मदिरा सेवनले जथाभावी होल्ला, झै झगडा, गालिगलोच गर्दा अशान्ति हुने गरेको प्रति सिमावर्ती क्षेत्रका स्थानीयहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन ।

सिमा क्षेत्रका स्थानीयले भारतीयहरुले जथाभावी मदिरा सेवन गरेर स्थानीयहरुलाइ दुःख दिने गरेको गुनासो गरेका छन् । केहि महिना अघि बिहारमा सबै खाले मदिरा सेवन, बिक्रीवितरण तथा ओसारपसारमा पुर्ण रुपमा प्रतिबन्ध लगाए देखि सिमा क्षेत्रका होटलहरुमा भारतीय मदिरा सेवन गर्नेहरुले गर्दा भरिभराउ हुने गरेको होटेल संचालकहरु बताउँछन ।

बिहारमा मदिरा प्रतिबन्ध लगाए पछि भारतीयहरु घुम्ने नाममा मदिरा सेवनका लागि नेपाली बाजार आउने गरेका छन। बिहारमा मदिरा प्रतिबन्ध लगाए देखि जिल्लाको हरिपुर देखि अमडुवा लगायत सिमा क्षेत्रका गाविसहरुका होटलहरुमा भारतीयहरुको भिड लाग्ने गरेको छ । धनी र कर्मचारीहरु साझ देखिनै स्कारपियो, बोलैरो, मोटरसाइकल लगायतका साधनहरुमा मदिरा सेवन गर्न नेपाली बाजार भान्टावारी, कोशी ब्यारेज, हरिपुर, लौकही, इनरुवा, इटहरी, धरान देखि बिराटनगर सम्मको स्थानहरुमा जाने गरेका छन भने गरी खाने भारतीयहरु सिमा नजिकका पसलहरुमा घरेलु मदिरामा आफ्नो आवश्कता पुरा गरिरहेको देखिन्छ ।

भारतीयहरु नेपाली बजारमा आउनु भनेको कदापि नराम्रो होइन तर घुम्ने नाममा आएर यहाँका स्थानीय जनताहरुसंग मदिरा सेवन गरी जथाभावी झै झगडा गर्नु हुदैन बताउदै भान्टावारीका स्थानीय मनोज साहले त्यस्तो कार्य गर्नेलाइ कारबाही गर्नु पर्नेमा जोड दिए ।

बिहार राज्य सरकारले २०१६ अप्रिल महिना देखि मदिरामा प्रतिबन्ध लगाए पछि भारतीयहरु नेपाली बजारमा आएर मदिरा सेवन गर्ने र आफ्नो आफन्त, साथीभाइ वा लजमा बसेर रात बिताउने गरेको सिमाका क्षेत्रका स्थानीयहरु बताउँछन ।सिमा क्षेत्रका स्थानीयहरुले होटलहरुमा अवेर राति सम्म रक्सी बिक्री वितरण हुँदा पनि कुनै कारबाही नगरिनुले प्रहरीकै मिलिमतोमा हुने गरेको हो कि आशंका गरेका छन ।

तपाईको प्रतिक्रिया