इनरुवा फागुन ११ /संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मधेश बन्दको प्रभाव सुनसरीमा समेत परेको छ । सडकमा मोर्चा कार्याकर्ताहरुको उपस्थिती न्यून देखिएपनि सुनसरीका बजार पसल भने खुल्न सकेका छैनन् ।

लामो तथा छोटो दुरीका यातायातका साधन संचालनमा नआउँदा सडकमा मोटरसाइकल र सिटी सफारी मात्र गुडेका छन् । वन्दको प्रभाव सुनसरी सदरमुकाम इनरुवा सहित लौकही , झुम्का, दुहवी लगायतका क्षेत्रमा परेको छ । बन्दका कारण कलकारखाना, शिक्षण संस्था ठप्प छन् । छिटपुट खुलेका पसल समेत मोर्चा कार्यकर्ताहरुले बन्द गराएका छन् । अहिले सम्म बन्दका क्रममा कुनैपनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया