११ दुहवी/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउनु भएको छ । पार्टीको क्षेत्रीय अधिवेशन उद्घाटनका लागि दुहवी पुग्नु भएका गृहमंत्री निधिले मुलुकको समृद्धीकालागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको धारणा राख्नु भएको हो ।

सरकार चुनावकालागि प्रतिवद्ध रहेकाले असन्तुष्ट पक्षका माग सम्बोधन सहित अघि बढ्ने वहाँले बताउनु भयो । संविधानमा आवश्यक संशोधन सहित सरकार अघि बढ्ने भएकाले एमालेको खोक्रो  राष्ट्रबाद आगामी चुनावबाट छताछुल्ल हुने वहाँले दावी गर्नु भयो । अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री निधीले सरकारले तीनै तहको निर्वाचन सफलताका साथ सम्पन्न गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । निधीले आगामी चुनावबाट नेपाली काँग्रेस मुलुकको पहिलो पार्टी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया