huaweiचिनियाँ टेक कम्पनी हुवावेले बिस्पोक नामको विशेष चार्जरको प्रयोग गरी केहि मिनेटमा नै रिचार्ज गर्न मिल्ने दुई प्रोटोटाइप रिमुभेबल लिथियम आयन ब्याट्रीहरु सार्वजनिक गरेको छ।  त्यसमध्ये न्यून क्षमताको ब्याट्री दुई मिनेटमा ६८ प्रतिशत चार्ज गर्न मिल्छ तर धेरै समयसम्म मोबाइल चलाउन पुग्दैन। उच्च क्षमताको ब्याट्री पाँच मिनेटमा ४८ प्रतिशत चार्ज गर्न मिल्छ जसले दश घण्टाको टकटाइम सुविधा दिने कम्पनीले जनाएको छ।  अहिले ब्याट्रीको क्षमताका विषयमा धेरै कम्पनीहरुले अनुसन्धान गरिरहेका छन् ।  गएको मार्चमा सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस सिक्समा १० मिनेटको चार्जमा चार घण्टासम्म प्रयोग गर्न सकिने दाबी गरेको थियो।  इजरायली स्टार्टअप स्टोरडटले यस वर्षको सुरुवातमा फास्ट चार्जिङ डिभाइस सार्वजनिक गरेको थियो। यसले एक मिनेटमै सबैखाले स्मार्टफोनका ब्याट्री चार्ज हुने बताइएको थियो।  वैज्ञानिकहरु पनि वैकल्पिक ब्याट्री पदार्थको रुपमा परम्परागत लिथियम आयन जस्तै आल्मुनियम तथा ग्राफिनमा अनुसन्धान गरिरहेका छन्।  हुवावेका अनुसार यसमा कार्बन तथा हाइड्रोजनरहित हेटेरोएटम्स–एटम्सको प्रयोग गरिएको छ। यसले ब्याट्रीको क्षमतामा कुनै नोक्सान नपुर्‍याई चार्जिङ स्पिडलाई बढाउने कम्पनीले दाबी गरेको छ ।  बिबिसिबाट

तपाईको प्रतिक्रिया