१२ फाल्गुन, सुनसरी। सुनसरी धरान उपमहानगरपालिका ६ लाङघाली चौकस्थित कोशी राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाईते  भएका ३५ बर्षिय बबु मगरको उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको छ।

गत फाल्गुन ६ गते धरानबाट बिराटनगरतर्फ जादै गरेको को १ ख २७६१ नम्बरको यात्रुबाहक बसले को १२ प ७५८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार मगर घाइते भएका थिए।

भागलपुर बिहार घर भई हाल ईन्जिनियरीङ क्याम्पस धरानमा क्यान्टिङ संचालन गर्दै आएका मगरको विपी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहिबार बिहान २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो पनि पढ्नुहोस्

धरान इटहरी सडक खण्डमा दुर्घटना : अाक्राेशीत स्थानियबासी द्वारा सडक अबरुद्ध

तपाईको प्रतिक्रिया