barsha man pun१ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव बर्षमान पुन (अनन्त)को स्वास्थ्य गम्भीर बन्दै गएको छ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा एक सातादेखि कुनै सुधार आएको छैन ।कलेजोको संक्रमण बढ्दै गएपछि पुनलाई गत मंगलबार भारत लगिएको थियो । चिकित्सकहरुका अनुसार पुनको शरिरमा जण्डिसको मात्रा अस्वाभाविक रुपमा बढेको छ ।

तपाईको प्रतिक्रिया