सुनसरी १३ फागुन / शिवरात्रीका अवसरमा सुनसरीको सिमरिया ९ मा रहेको शिव मन्दिरमा लागेको मेलामा वेलुनमा हावा भर्न राखेको ग्याँस सिलिण्डर पड्कदा दशजना घाइते भएका छन । मेलामा वेलुन फुलाएर बेच्नका लागि भगवानलाल साहुले प्रयोग गरेको सिलिण्डर पड्कदा दस जना घाइते भएका हुन् । घाइते मध्ये तीनजना गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा मोरंग कटहरीका शोमराज माझी ,मोरंग गछियाकी तारा मण्डल र अर्का एकजनाको नाम खुल्न सकेको छैन् । उनिहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भैरहेको सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
मेलामा दर्शनार्थीहरुको बाक्लो भिड रहेकाबेला ग्याँस सिलिण्डर विष्फोट हुँदा भागाभाग मच्चिएको थियो ।

तपाईको प्रतिक्रिया