सुनसरी १३ फागुन /सुनसरीको सिमरियामा लागेको शिवरात्री मेलामा वेलुनमा हावा भर्न राखेको ग्यास सिलिण्डर पडकदा गम्भिर घाइते सोमराज माझीको मृत्यु भएको छ ।

गम्भिर अवस्थाका माझीलाई नोवेल अस्पतालबाट थप उपचारकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । मृत्यु हुने माझी जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी जवान रहेको खुल्न आएको छ । थप दुई गम्भिर घाइतेको नोवेल अस्पतालमै उपचार जारी रहेको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया