इनरुवा फागुन १३ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको नयाँ कार्य समिती निर्वाचनमा सवै जना निर्विरोध निर्वाचित भएका छन । धरानमा शुक्रवार भएको निर्वाचनमा सवै पदमा एक एक जनाको मात्र उमेदवारी परेकाले १३ सदस्यीय जिल्ला कार्यसमिती निर्विरोध निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ ।

थप ४ बर्षे कार्यकालका लागी भएको कार्य समितीको निर्वाचनमा सभापती उमेश थापा नेतृत्वको समिती चयन भएको निर्वाचन अधिकारी विनोद कुमार बस्नेतले जनाएका छन । कार्य समिती सदस्यहरुमा विष्णुदेव मण्डल , कृष्ण भट्टराई , मोहमद जलिल रैन , भरत मेहता , तिर्थ कुमार सुवेदी , मुकुल कायस्थ , ओमकुमार शर्मा , शिवराज श्रेष्ठ , भद्रमान गुरुङ्ग र डम्बर सिग्देल रहेका छन ।

तपाईको प्रतिक्रिया